मंगलवार, बैशाख १,२०८३ 03:36:10
Bizshala
  • मंगलवार, बैशाख १,२०८३ 03:36:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

राष्ट्रपति पौडेल जापान भ्रमणमा

Bizshala
राष्ट्रपति पौडेल जापान भ्रमणमा
Shivam Cement

काठमाण्डौ । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित राष्ट्रपति रामचन्द्र पौडेल चारदिने औपचारिक भ्रमणका लागि जापान पुगेका छन्। जापान सरकारको औपचारिक निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भ्रमणमा सहभागी भएका हुन् ।

राष्ट्रपति पौडेल सोमबार नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए। उनलाई जापानको विदेश मन्त्रालयका वरिष्ठ शिष्टाचार अधिकारी, नेपालका लागि जापानका राजदूत तोरु मायदा तथा जापानस्थित नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेललगायतले स्वागत गरेका थिए ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

भ्रमणका क्रममा राष्ट्रपति पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा जापान सरकारले आयोजना गर्ने विशेष स्वागत समारोहमा सहभागी हुनेछन्। 

साथै, टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेट हुने कार्यक्रम रहेको छ। जापानका प्रधानमन्त्रीसँग पनि भेटवार्ता तय भएको छ, जसमा द्विपक्षीय सहकार्य, विकास सहायता, लगानी, मानव संसाधन र आपसी हितका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

CG Motors
Garima Development Bank
IME remit

त्यसैगरी भ्रमण अवधिमा जापानका विदेश राज्यमन्त्रीसँग शिष्टाचार भेट, जापानी व्यावसायिक समुदायसँग अन्तर्क्रिया तथा जापानस्थित नेपाली राजदूतावासद्वारा आयोजना गरिने सम्मान कार्यक्रममा राष्ट्रपति पौडेल सहभागी हुनेछन् । उनी माघ २१ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.