आईतवार, मंसिर ७,२०८२ 08:50:29
IME remit
  • आईतवार, मंसिर ७,२०८२ 08:50:29
IME remit
Global IME Bank Limited

राष्ट्रपति पौडेल कतार प्रस्थान

Hyundai Nepal
राष्ट्रपति पौडेल कतार प्रस्थान
Shivam Cement

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान गरेका छन् । कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन राष्ट्रपति पौडेल आज त्यसतर्फ प्रस्थान गरेका हुन् ।

CG Motors
New Office
Garima Development Bank

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेललाई उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले विदाई गरेका थिए ।  

यसका साथै नेपालका लागि कतारका राजदूत, उच्च पदस्थ सरकारी पदाधिकारी एवम् सुरक्षा निकायका प्रमुख समेत उक्त बिदाई समारोहमा सहभागी थिए । पौडेलले शिखर सम्मेलनको मुख्य सत्रलाई कात्तिक १८ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited

उक्त अवसरमा उनले कतारका अमिर शेख तमिम बिन हमद अल थानी र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायतसँग भेटवार्ता गर्ने कार्यतालिका समेत रहेको छ ।  

राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा कतार गएका हुन् । उनी कात्तिक २० गते स्वदेश फर्कने छन् । 

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.