बुधबार, फाल्गुन २०,२०८२ 11:31:09
Bizshala
  • बुधबार, फाल्गुन २०,२०८२ 11:31:09
Bizshala
Global IME Bank Limited

राष्ट्रपति पौडेल कतार प्रस्थान

Hyundai Nepal
राष्ट्रपति पौडेल कतार प्रस्थान
Shivam Cement

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान गरेका छन् । कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन राष्ट्रपति पौडेल आज त्यसतर्फ प्रस्थान गरेका हुन् ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेललाई उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले विदाई गरेका थिए ।  

यसका साथै नेपालका लागि कतारका राजदूत, उच्च पदस्थ सरकारी पदाधिकारी एवम् सुरक्षा निकायका प्रमुख समेत उक्त बिदाई समारोहमा सहभागी थिए । पौडेलले शिखर सम्मेलनको मुख्य सत्रलाई कात्तिक १८ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

उक्त अवसरमा उनले कतारका अमिर शेख तमिम बिन हमद अल थानी र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायतसँग भेटवार्ता गर्ने कार्यतालिका समेत रहेको छ ।  

राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा कतार गएका हुन् । उनी कात्तिक २० गते स्वदेश फर्कने छन् । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.