काठमाण्डौ ।स राष्ट्रपति रामचन्द्र पौडेलले आज पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्ने भएका छन्। देश र जनताको हित तथा कल्याणको कामनासहित राष्ट्रपति पौडेलले पशुपतिनाथमा विशेष पूजा तथा सङ्कल्प गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति पौडेल विशेष पूजाका लागि आज बिहान ७ बजे पशुपतिनाथ मन्दिर पुग्ने कार्यक्रम रहेको छ।
पूजाका क्रममा उनले देशमा शान्ति, समृद्धि तथा नेपाली जनताको सुख, शान्ति र कल्याणको कामना गर्ने बताइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।