काठमाण्डौ । नबिल इन्भेष्टमेन्ट बैंकिंङ लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । कम्पनीको १६ औं वार्षिक साधारण सभा आज ११ बजे सम्पन्न भएको हो ।
कम्पनीका अध्यक्ष सुजित कुमार शाक्यको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा सञ्चालक समितिका सदस्यहरु, सेयरधनीहरु तथा कम्पनीको व्यवस्थापन समितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।
कम्पनीको रजिष्टर्ड कार्यालय, नक्साल काठमाण्डौमा सम्पन्न उक्त साधारण सभाले गत वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि चुक्तापूँजीको २५ प्रतिशतले हुन आउँने आठ करोड दश लाख रुपैयाँबरावरको बोनस सेयर तथा कर प्रयोजनको लागि १.३१५७८९४७ प्रतिशतले हुन आउने ४२ लाख ६३ हजार १५७.८९ प्रदान गर्ने प्रस्ताव पारित गरेको थियो ।