बुधबार, श्रावण ६,२०८३ 08:26:20
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 08:26:20
Bizshala
Global IME Bank Limited

जेनजी आन्दोलनमा भएको क्षतिको रु.१.५८ अर्ब दाबी भुक्तानी, सिद्धार्थ प्रिमियरलाई सबैभन्दा धेरै भार

जेनजी आन्दोलनमा भएको क्षतिको रु.१.५८ अर्ब दाबी भुक्तानी, सिद्धार्थ प्रिमियरलाई सबैभन्दा धेरै भार
New Office

काठमाण्डौ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट क्षतिग्रस्त सम्पत्तिको बीमा दाबी भुक्तानी हुन सुरु भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म बीमा कम्पनीहरुले १ अर्ब ५८ करोड ५६ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी ९अग्रिम भुक्तानी समेत० दिइसकेका छन् ।  

प्राधिकरणका अनुसार ठूला र लघुबीमक गरी १८ वटा बीमा कम्पनीमा ३ हजार ९९ वटा बीमाको २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ बराबरको बीमा दाबी परेकोमा हालसम्म बीमा कम्पनीहरुले एक अर्ब ५८ करोड रुपैयाँ भुक्तानी गरेका हुन् ।  

यसर्थमा अझैपनि बीमा कम्पनीहरुले २१ अर्ब ६४ करोड ३१ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी दिन बाँकी रहेको छ ।  

सबैभन्दा धेरै रकमको दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको देखिएको छ । यो कम्पनीले ३९१ वटा दाबीको ५ अर्ब ६१ करोड ४४ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ । कम्पनीले हालसम्म ५९ करोड ४४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

स्रोतका अनुसार भाटभटेनी सुपरमार्केटको बीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा रहेका कारण यो कम्पनीमा ठूलो रकमको दाबी परेको हो ।  

यसैगरी दोस्रो धेरै रकमको दाबी ओरिएन्टल इन्स्योरेन्समा परेको  छ । यो कम्पनीले ९७ वटा दाबीको ५ अर्ब २४ करोड ४७ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ । हालसम्म कम्पनीले ५ लाख ७० हजार रुपैयाँमात्रै भुक्तानी गरेको छ । काठमाण्डौ स्थित हिल्टन होटलको बीमा ओरियन्टल इन्स्योरेन्समा रहेका कारण यो कम्पनीमा पनि ठूलो रकमको दाबी परेको हो ।  

यसैगरी आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २०४ वटा दाबीको २ अर्ब ७५ करोड ९७ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले ४३१ वटा दाबीको २ अर्ब ४० करोड ८६ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३३४ वटा दाबीको १ अर्ब ६० करोड ४८ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २५६ वटा दाबीको १ अर्ब १५ करोड ४१ लाख रुपैयाँ र हिमालयन एभरेष्ट इन्स्योरेन्सले २८९ वटा दाबीको १ अर्ब ४ करोड ४५ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको प्राधिकरणले जनाएको छ ।  

हालसम्म आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ३० करोड ४३ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले ३१ करोड ९४ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ८६ लाख १६ हजार रुपैयाँ, नेको इन्स्योरेन्सले ७ करोड र हिमालयन एभरेष्ट इन्स्योरेन्सले २१ करोड ६४ लाख रुपैयाँ दाबी भुक्तानी गरिसकेका छन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.