काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गाजाबाट बन्धकहरुलाई रिहा गर्न इजरायल प्रस्थान गरेका छन् । उनले गाजामा ‘युद्ध सकिएको’ बताएका छन् । ‘एयर फोर्स वान’ मा पत्रकारसँग कुरा गर्दै उनले युद्धविराम जारी रहने र गाजाका लागि छिट्टै ‘शान्ति बोर्ड’ स्थापना गरिने बताए ।
एयर फोर्स वान अमेरिकी राष्ट्रपतिको आधिकारिक विमान हो। उनी यही विमानबाट यात्रा गर्छन् ।
इजरायली बन्धकहरूलाई रिहा गर्न हमासले सोमबार दिउँसो १२ बजेसम्म (९स्थानीय समय) समय दिएको छ। इजरायल पुगेपछि राष्ट्रपति ट्रम्प सोमबार इजिप्ट जानेछन्, जहाँ उनले गाजामा विभिन्न देशका नेताहरूसँग छलफल गर्नेछन्।
यस बैठकको बारेमा ट्रम्पले भने, ‘हामी सबैलाई खुसी राख्नेछौं, चाहे त्यो यहूदी होस् वा मुस्लिम वा अरब देशहरू । इजरायल पछि हामी इजिप्ट जाँदैछौं। त्यहाँ हामी धेरै शक्तिशाली, ठूला र धनी देशका नेताहरूसँग भेट्नेछौं।’
यस्तै बेलायती प्रधानमन्त्री कियर स्टारर इजिप्ट पुगेका छन् । उनी पनि यो बैठकमा सहभागी हुनेछन् ।