आईतवार, असार १४,२०८३ 12:27:30
Bizshala
  • आईतवार, असार १४,२०८३ 12:27:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

के बजारले सपोर्ट जोनमा ‘डबल बटम’बनाउँदै छ ? प्राविधिक रुपमा कस्तो रहला आगामी यात्रा ?

Laxmi Sunrise Bank Limited
के बजारले सपोर्ट जोनमा ‘डबल बटम’बनाउँदै छ ? प्राविधिक रुपमा कस्तो रहला आगामी यात्रा ?

काठमाण्डौ । अघिल्लो दिन भारी अंकले घटेको बजार सोमबार ४४ अंकले बढेर बन्द भएको छ । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा तल लामो धागोसहितको ह्याम्मर प्रकृतिको क्याण्डल बनेको छ । यसले लगातार घटेको बजारमा ब्रेक लागेको मान्न सकिन्छ ।  

आज इन्ट्रा डे कारोबारमा २५ सयबाट तल खसेको बजारमा अन्त्यमा सुधार आएको छ । अर्थात बजारले यसपटक पनि  अघिल्लो पटकको सपोर्ट जोन २४८५ विन्दु आसपासमा नै सपोर्ट लिएको देखिन्छ । यी दुई बटमहरुलाई जोड्दा बजारले सपोर्ट जोनमा डबल बटम प्यार्टन बनाउँदै गरेको देखिन्छ ।  

New Office
CG Motors
Garima Development Bank

घट्दो बजारमा डबल बटम प्यार्टन भनेको बजारको युटर्नको संकेत मानिन्छ । तर यस बढ्दो बजारमा यस विपरित डबल टप बनेको खण्डमा बजारमा बुल र्याली कमजोर हुँदै गरेको बु्झिन्छ । यस अर्थ अहिलेको घट्दो बजारमा डबल बटम प्यार्टनले वियरिस यात्रा कमजोर बन्दै गरेको देखिन्छ ।  

तर यस्तो प्याटर्न भ्यालिड  नै हुन भने बजार नेक लाइन भन्दा माथि टिक्नु पर्ने हुन्छ । आज बजार बढ्दा अघिल्लो दिनको कारोबार भन्दा कम भएको देखिन्छ । यसकारण आगामी कारोबारमा यदि आजको भन्दा उच्च कारोबारका साथ बुलिस प्रकृतिको क्याण्डल बनेको खण्डमा बजारले थप उचाइ लिन पनि सक्छ ।  

आज ४ घण्टाको कारोबारमा अन्तिम आवरमा भोल्यूम र कारोबार सहित बजारमा बढोत्तरी देखिन्छ । बोलिङ्गर ब्याण्ड र म्याक्डीमा बजार सामान्य अवस्थामा देखिन्छ । तर बजारलाई आरएसआईबाट नियाल्दा प्रष्ट रुपमा बुलिस डाइभर्जेन्स बनेको देखिन्छ ।  

यसले सम्भावित रुपमा बजारले युटर्न लिनको लागि शक्ति सञ्चय गर्दै गरेको सम्भावना पनि त्यतिकै देखिन्छ । तर यसको लागि अझै एक दुई कारोबार पछि मात्रै बजारको अवस्था निश्चित हुनेछ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.