मंगलवार, श्रावण ५,२०८३ 07:21:13
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 07:21:13
Bizshala
Global IME Bank Limited

रिलायन्स फाइनान्सको आरुघाट शाखा धादिङवेसीमा स्थानान्तरण

रिलायन्स फाइनान्सको आरुघाट शाखा धादिङवेसीमा स्थानान्तरण
New Office

काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडको गोरखा जिल्ला आरुघाट बजारबाट धादिङ जिल्ला धादिङवेसीमा स्थानान्तरण गरेको धादिङ शाखा कार्यालयको रिलायन्स फाइनान्सका अध्यक्ष कुश प्रसाद मल्लीबाट उद्घाटन भएको छ ।  

नेपाल राष्ट्र बैकबाट ‘ग’ बर्गको वित्तीय कारोबार गर्ने इजाजत मिति २०६६ मंसिर १० मा प्राप्त गरि मिति २०६६ मंसिर १८ बाट सञ्चालनमा आएको यस संस्थाको कामनपा १ कमलादीमा रहेको आफ्नै भवनमा केन्द्रीय कार्यालय सहित मुख्य शाखा कार्यालय सञ्चालन गरेको छ । 

संस्थाले न्यूरोड काठमाण्डौ, सितापाईला काठमाण्डौ, ईमाडोल ललितपुर, नारायणघाट चितवन, महेन्द्रपुल पोखरा कास्की, वेशीशहर लमजुङ्ग, बनेपा काभ्रेपलाञ्चोक, धादिङबेसी धादिङ, चारआली झापा, गोरखा बजार गोरखा, भैरहवा रुपन्देही, मणीग्राम रुपन्देही, बुटवल रुपन्देही, धनगढी कैलाली, महेन्द्रनगर कन्चनपुर, कोहलपुर बाँके, अत्तरीया कैलाली, दमक झापा, विर्तामोड झापा, धुलाबारी झापा, र टाँडी चितवनमा शाखा कार्यालय गरि जम्मा २२ वटा शाखा कार्यालय खोली कारोबार गर्दे आएको छ ।                                                                                    

संस्थाले निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीहरुलाई E Banking, SCT Network ATM, विभिन्न रेमिटेन्स सेवाहरु , सी आस्वा (C –ASBA) , IPS , Connect IPS सेवा,Electronic Cheque Clearing (ECC) ,  SMS Banking,  Mobil Banking , SCT MoCo (Sajilo Payments, Sajilo Life apps) समेतका सेवा प्रदान गर्दे आएको  छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.