रिलायन्स फाइनान्सले डाक्यो १५ औं साधारण सभा, यस्ता छन् प्रस्ताव
काठमाण्डौ । रिलायन्स फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको जेठ ५ गते बसेको सञ्चालक समितिको बैठकले १५ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आगामी जेठ २८ गते काठमाण्डौ बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्ड एण्ड ब्याङक्वेटमा बिहान ११ बजे सभा आायेजना गर्ने निर्णय गरेको छ ।