काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडको अध्यक्षमा ईश्वरी प्रसाद न्यौपाने नियुक्त भएका छन् ।
कम्पनीको फागुन २७ गते बसेको संचालक समितिको बैठकले न्यौपानेलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि कम्पनीका अध्यक्ष रहेका कुश प्रसाद मल्लीले पदबाट राजिनामा दिएकाले रिक्त पदमा न्यौपानेलाई नियुक्त गरिएको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।