सोमबार, फाल्गुन १२,२०८१ 01:39:20
IME remit
  • सोमबार, फाल्गुन १२,२०८१ 01:39:20
IME remit
Global IME Bank Limited

राजनीतिक स्टन्ट गर्नेले आफूमाथि प्रतिशोध साँधेका विनोद चौधरीको आरोप

बयानका क्रममा भने-'राज्यको प्रस्तावमै जग्गा किनेँ, कसरी किर्ते र ठगी भयो ?'

Hyundai Nepal
राजनीतिक स्टन्ट गर्नेले आफूमाथि प्रतिशोध साँधेका विनोद चौधरीको आरोप
Nabil Bank Limited

काठमाण्डौ । सांसद तथा नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीले आफूमाथि राजनीतिक स्टन्ट मन पराउनेहरुले प्रतिशोध साँध्न खोजेका दाबी गरेका छन् ।  

बाँसबारी जग्गा प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौ करिब २ घण्टा लामो बयान दिएर बाहिरिँदै गर्दा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् ।  

आफू संसदमै रहेको बेला तीन मिनेटभित्र आफूमाथि अनुसन्धान भइरहेको भनेर प्रहरीले लेखेको भनिएको गोप्यपत्र सुनियोजित रुपमै सार्वजनिक गरिएको उनको भनाई थियो ।

Shivam Cement
CG Motors
Sagarmatha Cement

‘म संसदमै थिएँ । संसदमै हुँदाहुँदै तीन मिनेटभित्र त्यहाँ अनुसन्धानको बारेमा जानकारी गराएको गोप्यपत्र जुन रुपले देशका सबै सञ्चारमाध्यमहरुमा रंगिए, त्यसबाट यो स्टन्ट के उद्देश्यका लागि गरिएको हो भन्ने प्रष्ट भएको स्थिति छ ।’ उनले भनेका छन्–‘यो विषयमा कुरा उठ्नासाथ र मेरो भाइमाथिको अनुसन्धान सुरु हुनेबित्तिकै मैले दलको बैठकमा आफ्ना सबै कुराहरु राखेको थिएँ । जुन सार्वजनिक रुपमा बाहिर पनि आए । त्यसपछि ममाथिको अनुसन्धानको कुरा चल्नेबित्तिकै मैले रोस्टममा उठेर सदनमा यो विषय उठाएँ ।’  

आफूलाई बयानका लागि आउन भनेर मौखिक रुपमा जानकारी गराइएको र एक जिम्मेवार राजनीतिकर्मी, उद्योगी र नागरिक भएको हिसाबले अनुसन्धानमा सहयोग गर्न आएको समेत उनले प्रतिक्रिया दिए ।  

उनले ४२ वर्षअगाडिको प्रकरणलाई तोडमोड गरी त्यसबेलाको पब्लिक प्राइभेट पार्टनरसिपको उत्कृष्ट मोडलको रुपमा खडा गरिएको एउटा नवीनतम सोंचमाथि चरम राजनीतिकरण भएको तर्क समेत पेश गरे ।  

‘४२ वर्षअगाडिको बाँसबारीमा १० रोपनी जग्गाको मूल्य कति नै पथ्र्यो होला र ?’ भन्ने प्रश्न गर्दै उनले वर्षौदेखि हजारौं रोपनी जग्गामा निजी औद्योगिक ग्राम स्थापना गर्ने ग्रुपमाथि १० रोपनी जग्गाको विषयमा कुदृष्टि राखेको भनी आधारहीन आरोप लगाइएको र यो विकृत मानसिकताको उपजबाहेक केही नभएको टिप्पणी गरे ।  

उनले आफूले जीवनमा कहिल्यै पनि गलत ढंगको राजनीति नगरेको, तर अहिले एउटा उद्यमी, लगानीकर्ता र करदातामाथि राजनीतिकरण गर्न खोजिएको आरोप लगाए । ‘नेपाल उद्योग परिसंघको पूर्वअध्यक्षको हैसियतले, एउटा बिचारक र एउटा राजनीतिकर्मीको हैसियतले मैले जहिल्यै विचारको राजनीति गरेँ । मैले कहिल्यै दलगत राजनीतिको पक्षमा अकारण कुरालाई प्रश्रय दिइँन । अरुका राजनीतिक जोडघटाउमा आफूलाई सरिक गराइँन ।’ उनले थपे–‘तर आज एउटा उद्यमी, लगानीकर्ता र करदातामाथि राजनीतिकरण गर्ने काम भयो । यो गलत भयो ।’

एउटा कर्मठ उद्योगीमाथि आधारहीन ढंगले राज्यका निकायहरु परिचालन गरी बद्नाम गराइरहँदा र आफूमाथि बिनाकारण एक्सन लिँदा त्यसले नेपाल र विश्वभरका युवा उद्यमीको मनमा कस्तो सन्देश जाला भन्ने विषयमा हेक्का नराखिएको उनको भनाई थियो । ‘मैले मेरो चरित्रको सर्टिफिकेट अब स्टन्ट गर्नेहरुलाई बुझाउनुपर्दैन । राजनीतिको आफ्नो फोरम छ, म पनि नवलपरासीबाट प्रत्यक्ष निर्वाचित सांसद भएकोले यहिलेलाई यत्ति भन्न चाहन्छु ।’ उनले भने ।

जग्गा किनेको हो, कसरी ठगी भयो ?

बयानका क्रममा विनोद चौधरीले आफूहरुमाथि ठगी र किर्तेको आरोप लाग्नु नै गलत रहेको जिकिर गरेका थिए ।  

सीआईबी स्रोतका अनुसार उनले बाँसबासी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा ठगी वा किर्ते गरेर नलिएको, बरु त्यसबेलाको चलनचल्तीभन्दा बढी मूल्य हालेर खरीद गरेको बताएका थिए ।  

त्यसबेला सरकारले नै सार्वजनिक आह्वान गरेपछि १८ रोपनी जग्गा किनेको समेत बयानका क्रममा बताएका छन् ।  

हामीले पैसा तिरेर जग्गा किन्दा कसरी ठगी र किर्ते भयो ? उनले अनुसन्धान अधिकृतहरुलाई प्रतिप्रश्न गर्दै भनेका स्रोतले जनाएको छ ।  

चौधरीले त्यसबेला ठमेल वरपरकै जग्गा रोपनीको १ लाख रुपैयाँमा आउने गरेको उल्लेख गर्दै साढे २ लाख रुपैयाँमा बाँसबारीको जग्गा किनेको र पैसा हालेर जग्गा किन्दा कसरी किर्ते भयो ? भनी पटक पटक प्रश्न गरेका थिए ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.