बिहीबार, आश्विन ३०,२०८२ 12:03:39
IME remit
  • बिहीबार, आश्विन ३०,२०८२ 12:03:39
IME remit
Global IME Bank Limited

नरेन्द्र मोदी रुसबाट तेल किन्न बन्द गर्न सहमत भएको ट्रम्पको दाबी

Hyundai Nepal
नरेन्द्र मोदी रुसबाट तेल किन्न बन्द गर्न सहमत भएको ट्रम्पको दाबी
Shivam Cement

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसबाट तेल खरिद रोक्न सहमत भएको बताएका छन् । युक्रेन युद्ध अन्त्य गर्न रुसमाथि आर्थिक दबाब दिनु आवश्यक रहेको र यसबाट तेल खरिद गर्ने देशले अप्रत्यक्ष रुपमा रुसलाई युद्धमा सहयोग गरिरहेको ट्रम्पले पटकपटक भनेका छन् ।

ट्रम्पले भने, ‘रुसले पहिलो साता युद्ध जित्ने भनेको थियो, तर चार वर्षदेखि यो (रुस–युक्रेन युद्ध) चलिरहेको छ। म यो युद्ध अन्त्य भएको हेर्न चाहन्छु। भारतले रुसबाट तेल किनेकोमा म खुसी छैन। आज उसले रुसबाट तेल नकिन्ने आश्वासन दिएको छ । यो ठूलो कदम हो ।’

अमेरिकी राष्ट्रपतिले भारतले रुसी तेल खरिदलाई पारस्परिक व्यापारमा दबाब दिन प्रयोग गरिरहेका छन् तर भारतले यसको विरोध गर्दै दुई देशबीचको व्यापारिक तनाव बढाएको छ । रूसले ठूलो मात्रामा कच्चा तेल र ग्यास निर्यात गर्दछ, जसका मुख्य खरीददारहरू चीन, भारत र टर्कि हुन्।

Shivam Cement
Bizshala
CG Motors

रुसको आम्दानीमा अंकुश लगाउनका लागि ट्रम्प प्रशासनले चीनलगायत अन्य व्यापारिक साझेदारहरूलाई पनि रुसबाट तेल खरिद रोक्न दबाब दिइरहेको छ।

ट्रम्पले भारतले ‘तत्काल’ तेल आयात रोक्न नसक्ने तर संक्रमण ‘प्रक्रियाको एक हिस्सा’ र ‘छिट्टै पूरा हुने’ बताए। ट्रम्प प्रशासनले भारतबाट आउने सामानमा ५० प्रतिशतसम्म कर लगाएको छ ।

ट्रम्पले यो ठूलो करलाई रुसबाट तेल र हतियार खरिद गरेकोमा भारतलाई दिइएको ‘दण्ड’को रूपमा व्याख्या गरेका छन् । यी करहरू अगस्टदेखि लागू भएका छन् र यसलाई भारतका लागि ठूलो झट्का मानिएको छ। यसमा रूससँगको कारोबारमा २५ प्रतिशत अतिरिक्त शुल्क पनि समावेश छ।  

रुसले बेच्ने तेल युक्रेन युद्धका लागि आम्दानीको महत्वपूर्ण स्रोत भएको ट्रम्पको दाबी छ ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.