काठमाण्डौ। सेयरबजारको गिरावट आजपनि जारी रह्यो । यससँगै सेयरबजार लगातार तीन दिन घटेको छ । पछिल्लो समय बजार घट्दै जाँदा कारोबार पनि घट्दै गरेको देखिन्छ । पछिल्ला तीन कारोबारमा बजारमा दैनिक कारोबार तीन अर्बमा सीमित बनेको देखिन्छ ।
आज बजार पहिलो प्रहरमा २५ सय विन्दु माथि टिकेता पनि त्यसपछि भने बजारमा बिक्री दबाब देखियो । बजारलाई प्राइस एक्सनबाट नियाल्दा प्रष्ट रुपमा डाउन ट्रेन्डमा चलेको देखिन्छ । अर्थात बजारले लोवर हाई र लोवर लोका सिरिजहरु बनाउँदै गएको देखिन्छ । आज २५ सयको विन्दुबाट पनि तल खसेको बजारमा इन्डिकेटरहरु सबै ओभर सोल्ड जोन नजिक पुगेका छन् ।
यद्यपी बजार ओभर सोल्ड जोन नजिक मुख्य सपोर्ट विन्दुमा चलेको देखिन्छ । यो विन्दुमा अघिल्लो दुईपटक पनि सपोर्ट बनाएर फर्केको कारण र बजारमा दैनिक भोल्यूम ड्राई अप बनेका कारण आगामी कारोबारमा अल्पकालिन लगानीकर्ता हाबी हुँदा २४६० देखि २४८० को विन्दुबाट युटर्नको सम्भावना पनि त्यत्तिकै देखिन्छ ।
यद्यपी प्राविधिक रुपमा बजार अहिले नै फर्कि हालेको कुनैपनि संकेत भने देखिदैन ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेष्ण कारोबारका लागि सिफारिस भने होइन ।