बुधबार, असार १०,२०८३ 03:32:44
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:32:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कात्तिक महिनाका लागि एनआईसी एशिया बैंकले घटायो ब्याजदर

Laxmi Sunrise Bank Limited
कात्तिक महिनाका लागि एनआईसी एशिया बैंकले घटायो ब्याजदर

काठमाण्डौ । एनआईसी एशिया बैंकले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ ।  

बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५.७५ प्रतिशत कायम गरेको छ । असोज महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत ब्याजदर दिएको थियो ।  

New Office
CG Motors
Garima Development Bank

बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिनादेखि ६ महिना मुनिका लागि २.७५ प्रतिशत, ६ महिनादेखि १२ महिना मुनिका लागि ३ प्रतिशत, १२ महिनासम्मका लागि ३ प्रतिशत, १२ महिना माथिदेखि २४ महिनासम्मका लागि ३.५० प्रतिशत, २४ महिना माथिदेखि ६० महिना तलसम्मका लागि ४ प्रतिशत र ६० महिना र सो भन्दा माथिका लागि ५.७५ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।  

त्यस्तै बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटाएको छ । असोज महिनामा संस्थागत निक्षेपकर्तालाई अधिकतम ५ प्रतिशत ब्याजदर प्रदान गरेको बैंकले कात्तिक महिनाका लागि भने अधिकतम ४.५० प्रतिशत प्रदान गर्ने भएको छ ।  

बैंकले संस्थागत मुद्दती निक्षेपको ६ महिनादेखि ३६ महिनाका लागि २.७५ प्रतिशत,३६ महिना माथिदेखि ६० महिना मुनिका लागि ३ र ६० महिना र सो भन्दा माथिका लागि ४.५० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.