शनिबार, श्रावण २३,२०८३ 05:21:10
Bizshala
  • शनिबार, श्रावण २३,२०८३ 05:21:10
Bizshala
Global IME Bank Limited

मैलुङ खोला जलविद्युतको धितोपत्र कारोबार स्थगित, ३ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

मैलुङ खोला जलविद्युतको धितोपत्र कारोबार स्थगित, ३ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन
New Office

काठमाण्डौ नेपाल स्टक एक्सचेञ्च नेप्सेले मैलुङ खोला जलविद्युत कम्पनीको धितोपत्र कारोबार स्थगित गरेको छ । नेप्सेले एक सूचना जरी गर्दे कम्पनीले लाभांश घोषणाको जानकारी नेप्सेमा कारोबारको समय ११ः१७ बजे नट्समार्फत दिएको भन्दै धितोपत्र कारोबार स्थगतन गरिएको जनाएको छ । 

कम्पनीको चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आव २०७९/८० का लागि लाभांशको निर्णय गरेको थियो । कम्पनीले लाभांश घोषणाको निर्णयसम्बन्ी जानकारी कारोबारको समयमा नेप्सेमा जानकारी गराएको नेप्सेले जनाएको छ । धितोपत्र सूचीकरण नियमावली,२०७५ को विनियम २२(१)मा भएको व्यवस्था अनुसार धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना,जानकारी तथा निर्णय सिर्जना भएमा सोहि दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेमा जानकारी गराउनुपर्ने व्यवस्था रहेको छ । 

कम्पनीले उक्त विनयममा भएको व्यवस्था पालना नगरेकाले उक्त विनयमावलीको विनयम १६(१)(ख)मा भएको व्यवस्था अनुरुप चैत ८ गतेको निर्णयअनुसार कम्पनीको धितोपत्र कारोबार स्थगित गरिएको हो । यस्तै नेप्सेले ३ कार्यदिनभित्र के कति कारणले समयमै जानकारी दिन नसकिएको भन्ने बारे स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.