त्रिशूलीको भीषण बाढीले मैलुङ खोला जलविद्युत् आयोजना ध्वस्त, कर्मचारीको अवस्थासमेत अज्ञात
काठमाडौं। त्रिशूली नदीमा आएको अप्रत्याशित भीषण बाढीले ५ मेगावाट क्षमताको मैलुङ खोला जलविद्युत् आयोजनाको विद्युत् गृह पूर्णरूपमा क्षतिग्रस्त बनाएको छ।मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई गराएको जानकारीअनुसार भदौ १० गते बिहान करिब ९ः१५ बजे त्रिशूली नदीमा आएको बाढी आयोजनामा पसेको थियो। बाढीले विद्युत् गृहमा गम्भीर क्षति पुर्याएपछि...

