काठमाण्डौ । मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको सञ्चालक बदनलाल न्याछ्यो कार्यवाहक सञ्चालक–अध्यक्षको जिम्मेवारी दिइएको छ ।
कम्पनीका सञ्चालक–अध्यक्ष डा. सुनिलकुमार पोखरेल व्यक्तिगत तथा अन्य व्यावसायिक कामका सिलसिलामा विदेशमा रहेका कारण कम्पनीको दैनिक कार्य सञ्चालन तथा आवश्यक प्रशासनिक र व्यवस्थापकीय कार्य प्रभावकारी रूपमा सम्पादन गर्न असमर्थ हुने अवस्था सिर्जना भएपछि न्याछ्योलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ।
कम्पनीको काम कारबाहीमा निरन्तरता कायम राख्न सञ्चालक न्याछ्योलाई कार्यवाहक सञ्चालक–अध्यक्षको जिम्मेवारी दिने निर्णय सर्वसम्मतिबाट गरिएको हो।
साथै, हालको परिस्थितिमा कम्पनीको तर्फबाट गर्नुपर्ने आवश्यक सम्पूर्ण कार्य गर्न तथा गराउन कार्यवाहक अध्यक्षका रूपमा न्याछ्योलाई आवश्यक सम्पूर्ण अख्तियारीसमेत प्रदान गरिएको कम्पनीले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।