काठमाण्डौ । मैलुङखोला जलविद्युत कम्पनी लिमिटेडले १७ लाख ३२ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । कम्पनीले गत आवको चैथो त्रैमाससम्म आर्जन गरेको यो नाफा गत आवको सोही अवधिको तुलनामा ४२.०४ प्रतिशतले कम हो ।
अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले २९ लाख ८९ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । यद्यपी कम्पनीको विद्युत बिक्री आम्दानी भने बढेको छ । कम्पनीको विद्युत बिक्री आम्दानी ८ करोड ९२ लाखबाट बढेर ९ करोड ७१ लाख पुगेको छ । यस्तै कम्पनीले ३० लाख ५२ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।
कम्पनीको वित्त खर्च २ करोड ७३ लाखबाट बढेर १ करोड ८१ लाखमा सीमित बनेको छ । अन्य सञ्चालन तथा प्रशासनिक खर्च भने ३२ लाख ७९ हजार रुपैयाँबाट बढेर ३८ लाख ५५ हजार पुगेको छ ।
३७ करोड ६३ लाख रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको रिजर्भमा २० लाख २८ हजार र रिटेन्ड अर्निङमा ५४ लाख २ हजार रहेको छ ।
समीक्षा अवधिसमम कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)०.४६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०१.९७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १९७.०७ रुपैयाँ, मूल्य आम्दानी अनुपात १००१.२५ र तरलता अनुपात १.४२ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।