काठमाण्डौ । नेपाल राष्ट्रबैंकले भन्सार जाँचपास गर्ने प्रयोजनको लागि आवश्यक बैंकिङ सेवा तिहारको भाईटिकाको दिनबाहेक अरु दिन खोल्न निर्देशन दिएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुलाई शुक्रबार एक सर्कुलर जारी गर्दै केन्द्रीय बैंकले भन्सार विभागले असोज ३० गते पठाएको पत्रलाई आधार बनाई व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सुचारु राख्न तथा सेवा प्रवाहको निरन्तरता कायम गर्न मालवस्तुको भन्सार जाँचपास गर्ने प्रयोजनका लागि आवश्यक बैंकिंग सेवा सुचारु गर्न भनेको हो ।
केन्द्रीय बैंकले तिहारको भाईटिकाको दिन(कात्तिक ६ गते)बाहेक तिहार विदाको अरु सबै दिन भन्सार जाँचपास गर्न आवश्यक बैंकिंग सेवा सुचारु गर्ने व्यवस्था मिलाउन भनेको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।