सोमबार, श्रावण २५,२०८३ 11:06:27
Bizshala
  • सोमबार, श्रावण २५,२०८३ 11:06:27
Bizshala
Global IME Bank Limited

शटडाउनका कारण अमेरिकी अर्थतन्त्र तहसनहस हुँदै, साना व्यवसायी सबैभन्दा बढी प्रभावित

शटडाउनका कारण अमेरिकी अर्थतन्त्र तहसनहस हुँदै, साना व्यवसायी सबैभन्दा बढी प्रभावित
New Office

काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश अमेरिका अक्टोबर १ बाट शटडाउनमा छ र अहिले नै अन्त्य हुने कुनै संकेत छैन । अब यसको असर अमेरिकी अर्थतन्त्रमा पनि देखिन थालेको छ ।  

शटडाउनका कारण विशेषगरी साना व्यवसायीले ट्याक्स क्रेडिट तिर्न पाउन सकेका छैनन्, जसका कारण व्यवसाय ठप्प छ । यससँगै संघीय सरकारका लाखौं कर्मचारीले तलब नपाउँदा आफ्नो बचत खर्च गर्न छाडेका छन् । यो सबै यस्तो समयमा भइरहेको छ जब अमेरिकी संघीय सरकारको ऋण ३८ ट्रिलियन डलर पुगेको छ।

शटडाउनका कारण सरकारका धेरै महत्वपूर्ण कामहरु ठप्प भएका छन् । यसमा ऋण र कर क्रेडिटको प्रशोधन समावेश छ। लामो समयसम्म सटडाउन जारी रहेमा कम्पनीहरूले कर्मचारी हटाउन सुरु गर्न सक्ने अनुमान गरिएको छ । यसको कारण भनेको जनतासँग खर्च गर्ने पैसा छैन । जसका कारण धेरै कम्पनीको कारोबार प्रभावित भएको छ । उदाहरणका लागि, मानिसहरूले बाहिर खानपान कम गरेका छन्, जसले रेस्टुरेन्टहरूको आम्दानीलाई असर गरिरहेको छ।

कोरोना महामारीका कारण धेरै व्यवसायहरु सुचारु हुन महिनौं लागेपनि अहिलेको सटडाउनले उनीहरुको अवस्था फेरि नाजुक बनेको छ ।

किन भयो सटडाउन ?

अमेरिकामा अन्तिम शटडाउन डिसेम्बर २२ डिसेम्बर २०१८ मा सुरु भएको थियो र यो २५ जनवरी २०१९ सम्म अर्थात ३५ दिनसम्म चलेको थियो। यो अमेरिकी इतिहासमा सबैभन्दा लामो सटटडाउन थियो। जसका कारण अमेरिकी अर्थतन्त्रलाई ३ अर्ब डलरको नोक्सानी भएको थियो । 

अमेरिकी सरकारलाई आफ्नो खर्च पूरा गर्न कोष चाहिन्छ। यो कोष ऋण लिएर खर्च गरिन्छ। यसका लागि अमेरिकी संसद् हाउस अफ रिप्रिजेन्टेटिभमा एउटा विधेयक ल्याइन्छ । तर यसपटक कोष विधेयक संसदबाट अनुमोदन नहुँदा अक्टोबर १ देखि अमेरिका शटडाउनमा छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.