काठमाण्डौ ।अपर तामाकोशी हाइड्रोपावरको लिलामी सेयरको प्रारम्भिक कट अफ मूल्य आएको छ ।
धितोपत्र निकाष्कासन तथा मूख्य बिक्री प्रबन्धक नागरिक लगानी कोषका पूँजीबजार विभागका कार्यकारी निर्देशक नारायण प्रसाद घिमिरेले कम्पनीको लिलामी सेयरको अहिलेसम्मको प्रारम्भिक कट अफ प्राइस १४६ रुपैयाँ रहेको जानकारी दिए ।
कम्पनीले लिलाममा ल्याएको सेयर खरिदका लागि परेका सबै बोलकबोल आवेदनहरु तीन दिनदेखि खोल्ने कार्य जारी छ ।
सहायक बिक्री प्रबन्धक लक्ष्मी सनराईज क्यापिटलको कार्यालय कमलपोखरीमा गत शुक्रबारदेखि बोलकबोल आवेदन फारम खोल्न सुरु गरिएको थियो ।
क्यापिटलका अनुसार आइतबार साँझसम्ममा ३० हजार १५५ वटा आवेदन खोलिएको छ ।
कम्पनीले गत पुस १३ गतेदेखि पुस २९ गतेसम्म सर्बसाधारणतर्फको हकप्रदमा अवितरित सेयर लिलाम गरेको थियो ।
कम्पनीले हकप्रदमा अवितरित सर्बसाधारण समूहको १ करोड ७० लाख १९ हजार ५३० कित्ता लिलाममा ल्याएको थियो ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                (4)(1)(1).jpg) 
                                        .jpg) 
                                        (76).jpg) 
                                        (260).jpg) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                