शनिबार, श्रावण २,२०८३ 03:51:30
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 03:51:30
Bizshala
Global IME Bank Limited

आज यी तीन कम्पनीको साधारण सभा आयोजना हुँदै,यस्ता छन् मुख्य अजेण्डा

आज यी तीन कम्पनीको साधारण सभा आयोजना हुँदै,यस्ता छन् मुख्य अजेण्डा
New Office

काठमाण्डौ । आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ३ वटा कम्पनीको साधारण सभा आयोजना हुँदैछ । आज शिखर इन्स्योरेन्स किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तको साधारण सभा आयोजना हँदैछ ।  

शिखर इन्स्योरेन्स

शिखर इन्स्योरेन्सको १९ औं वार्षिक साधारण सभा आज काठमाण्डौ थापाथलीमा रहेको केन्द्रीय कार्याल(शिखर विज सेन्टर)मा आयोजना हुँदैछ । क्त सभामा गत आर्थिक वर्षका लागि कुनै लाभांश घोषणा नभएकाले लाभांशसँग सम्बन्धित कुनै पनि अजेण्डा पेश हुने छैन । सभामा कम्पनीबाट गरिएको चन्दा तथा सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्चहरु अनुमोदन गरिनेछ ।  

यसैगरी आव २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा आव २०७९/८० को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आव २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।  

सभामा २०७६ साउन २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट निर्वाचित सञ्चालकहरुको पदावधि समाप्त भएपश्चात आगामी साधारण सभासम्मका लागि पदावधि थप गर्ने तथा गौरव अग्रवाललाई सञ्चालक नियुक्ती गर्ने सञ्चालक समितिको निर्णयलाई अनुमोदन गर्ने र संस्थापक समूह क बाट ३ जना र सर्वसाधारण समूह ख बाट थप १ जना गरी ४ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित हुनेछ ।  

किसान लघुवित्त  

किसान लघुवित्तको ५ औं वार्षिक साधारण सभा काठमाण्डौ गल्फुटारमा रहेको ताज प्यालेसमा बिहान ११ बजे आयोजना हुँदैछ । सभामा संस्थाले जाल्पा सामुदायिक लघुवित्तलाई १ः०.८८३४ अनुपातमा गाभ्ने प्रस्ताव र यस सम्बन्धि भएका सम्पूर्ण कार्य तथा निर्णयहरुलाई अनुमोदन गरिनेछ ।    

यसैगरी सभामा गत आवको वित्तीय विवरणहरु पारित हुनुका साथै चालु आवको लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

जाल्पा सामुदायिक लघुवित्त  

जाल्पा सामुदायिक लघुवित्तको आज हुन गईरहेको साधारण सभाले पनि किसान लघुवित्तसँग १ः०.८८३४ अनुपातमा गाभिने प्रस्ताव पारित गर्नेछ । सभाबाट गत आवको वित्तीय विवरणहरु पारित हुनुका साथै चालु आवको लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.