काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले भेनेजुएलासँग युद्ध गर्ने सम्भावना निकै कम रहेको बताएका छन् । तर उनले राष्ट्रपतिका रूपमा निकोलस मदुरोको दिन भने धेरै नरहेको संकेत गरे।
अमेरिकामा रहेको बीबीसीसँग सम्बद्ध सीबीएस न्यूजको एक कार्यक्रममा ट्रम्पलाई अमेरिका भेनेजुएलाविरुद्ध युद्धको तयारी गरिरहेको छ ? भन्ने प्रश्न सोधिएको थियो । प्रश्नको उत्तर दिदै ट्रम्पले भने, ‘मलाई शंका छ। मलाई लाग्दैन कि यस्तो हुन्छ। तर उनीहरूले हामीसँग धेरै नराम्रो व्यवहार गरिरहेका छन्।’
ट्रम्पको यो भनाइ यस्तो बेला आएको हो जब अमेरिकाले क्यारेबियन सागरमा लागुऔषध तस्करी गर्ने कथित डुङ्गामा हवाई हमला गरिरहेको छ । ट्रम्प प्रशासनले अमेरिकामा लागुऔषधको तस्करी रोक्न यी आक्रमणहरू आवश्यक भएको बताएको छ।
ट्रम्पले अमेरिकाको कारबाहीको वास्तविक उद्देश्य मदुरोलाई सत्ताबाट हटाउनु रहेको दाबीलाई अस्वीकार गरे। सीबीएस न्यूजका अनुसार सेप्टेम्बरको सुरुदेखि नै क्यारेबियन र पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी आक्रमणमा कम्तीमा ६४ जनाको मृत्यु भएको छ।

