काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आव २०८२/८३ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार संस्थाको नाफा र आम्दानी वृद्धि भएको छ । संस्थाले समीक्षा अवधिसम्म १ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४२.५७ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म भने संस्थाले १ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थाको खुद ब्याज आम्दानीमा पनि वृद्धि भएको छ । संस्थाले पहिलो त्रैमाससम्ममा ४ करोड २९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३६.७२ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म संस्थाले ३ करोड १४ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिसम्म संस्थाले २ करोड २ लाख रुपैयाँबराबरको सञ्चालन मुनाफा आर्जन गरेको छ । यस्तै संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी ३ लाख २४ हजार रुपैयाँ रहेको छ ।
संस्थाको रिजर्भको आकार १८.६१ प्रतिशतले बढेर ५ करोड २१ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म संस्थाको निक्षेप संलकन ४९ करोड ७३ लाख र कर्जा प्रवाह २ अर्ब ४ करोड रुपैयाँ रहेको छ । पहिलो त्रैमाससम्म संस्थाको वितरणयोग्य मुनाफा ६४ लाख २२ हजार रुपैयाँ रहेको छ ।
संस्थाको खराब कर्जा अनुपात केही घटेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म ३.१६ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ३.१३ प्रतिशतमा सीमित बनेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)५०.०३ रुपैयाँ,प्रतिसयर नेटवर्थ १७२.१८ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ९२४.७८ रुपैयाँ,मूल्य आम्दानी अनुपात ३९.३० गुणा र तरलता अनुपात ७.७७ प्रतिशत रहेको छ ।

