सोमबार, श्रावण २५,२०८३ 11:04:19
Bizshala
  • सोमबार, श्रावण २५,२०८३ 11:04:19
Bizshala
Global IME Bank Limited

अमेरिकी इतिहासको सबैभन्दा लामो शटडाउन अन्त्य हुने संघारमा

अमेरिकी इतिहासको सबैभन्दा लामो शटडाउन अन्त्य हुने संघारमा
New Office

काठमाण्डौ । अमेरिकामा सरकारी शटडाउन अन्त्य गर्ने उद्देश्यले भएको सम्झौता सिनेटबाट पारित भएपछि यो गतिरोध अन्त्यको बाटो खुलेको छ । केही डेमोक्र्याटहरू रिपब्लिकन नेताहरूसँग सामेल भए र वाशिंगटनमा सप्ताहन्तको वार्तापछि सम्झौताको पक्षमा मतदान गरेका हुन्।

यो सम्झौताले संघीय कर्मचारी र सेवाहरूको पुनर्स्थापना अघि धेरै चरणहरू पार गर्नुपर्नेछ। जसमा प्रतिनिधि सभाको मतदान पनि समावेश छ। तर चालीस दिनको गतिरोधपछि मुद्दामा प्रगतिको यो पहिलो गम्भीर संकेत हो । हालको शटडाउन अमेरिकी इतिहासमा सबैभन्दा लामो हो।

यस सप्ताहन्तसम्म, यस्तो देखिन्थ्यो कि रिपब्लिकन र डेमोक्र्याटिक सांसदहरू पूर्ण गतिरोधमा फसेका थिए। तर अब शटडाउन अन्त्य गर्ने बाटो खुलेको छ ।

शटडाउनका कारण अक्टोबरदेखि कैयौं सरकारी सेवा ठप्प छन् र करिब १४ लाख संघीय कर्मचारी तलबविना विदामा छन् वा विना तलब काम गरिरहेका छन् ।

अमेरिकामा अन्तिम शटडाउन डिसेम्बर २२ डिसेम्बर २०१८ मा सुरु भएको थियो र यो २५ जनवरी २०१९ सम्म अर्थात ३५ दिनसम्म चलेको थियो। यो अमेरिकी इतिहासमा सबैभन्दा लामो सटटडाउन थियो। जसका कारण अमेरिकी अर्थतन्त्रलाई ३ अर्ब डलरको नोक्सानी भएको थियो ।  

अमेरिकी सरकारलाई आफ्नो खर्च पूरा गर्न कोष चाहिन्छ। यो कोष ऋण लिएर खर्च गरिन्छ। यसका लागि अमेरिकी संसद् हाउस अफ रिप्रिजेन्टेटिभमा एउटा विधेयक ल्याइन्छ । तर यसपटक कोष विधेयक संसदबाट अनुमोदन नहुँदा अक्टोबर १ देखि अमेरिका शटडाउनमा छ ।  

शटडाउनका कारण विशेषगरी साना व्यवसायीले ट्याक्स क्रेडिट तिर्न पाउन सकेका छैनन्, जसका कारण व्यवसाय ठप्प छ । यससँगै संघीय सरकारका लाखौं कर्मचारीले तलब नपाउँदा आफ्नो बचत खर्च गर्न छाडेका छन् ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.