शनिबार, श्रावण २,२०८३ 11:02:21
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 11:02:21
Bizshala
Global IME Bank Limited

सोनापुर मिनरलले तिर्यो पहिलो किस्ताअन्तर्गत ८६.३० लाख, प्राधिकरणले जोडिदियो बिजुलीको लाइन

सोनापुर मिनरलले तिर्यो पहिलो किस्ताअन्तर्गत ८६.३० लाख, प्राधिकरणले जोडिदियो बिजुलीको लाइन
New Office

काठमाण्डौ । सोनापुर मिनरल एण्ड आयल प्रालिले डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरेबापतको पहिलो किस्ता तिरेको छ । कम्पनीले बक्यौता रकममध्ये पहिलो किस्ता स्वरुप ८६ लाख ३० हजार रुपैयाँ तिरेको हो ।  

पहिलो किस्ता बुझाएसँगै नेपाल विद्युत् प्राधिकरणले सोनापुर मिनरल एण्ड आयलमा विद्युत लाइन जोडिदिएको छ । बक्यौता रकम नतिरेको भन्दै प्राधिकरणले उक्त उद्योगमा गत कात्तिक ७ गते विद्युत लाइन काटेको थियो ।  

सोनापुर मिनरलले डेडिकेटेड र ट्रंकलाइन उपभोग गरेबापत २४ करोड २९ लाख ९९ हजार रुपैयाँ तिर्न बाँकी छ । यो रकमलाई २८ किस्तामा विभाजन गरि तिर्न सकिने सुविधा दिइएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.