बुधबार, असार १०,२०८३ 08:41:07
Bizshala
  • बुधबार, असार १०,२०८३ 08:41:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

शहर होलीमा रंगिदै गर्दा लगानीकर्ताबीच भने बाफियाको त्रास

Laxmi Sunrise Bank Limited
शहर होलीमा रंगिदै गर्दा लगानीकर्ताबीच भने बाफियाको त्रास

काठमाण्डौ । हामीले साताको पहिलो दिन विभिन्न ब्रोकर हाउस पुगेर लगानीकर्ताको मनोविज्ञान बुझ्ने प्रयास हेतुले ‘ग्राउण्ड जिरो’नामक नियमित स्तम्भ प्रकाशन गर्दे आएका छौं । आज होलीको उपलक्ष्यमा ब्रोकर हाउसहरु बन्द रहेकाले हामीले लगानीकर्ताहरुको बिचार सामाजिक सञ्जालहरुबाट लिएका छौ । धेरै जसो लगानीकर्ता तथा ब्रोकरहरुले होली मनाएका तस्बिरहरु सामाजिक सञ्जालहरुमा पोष्ट गरेको देखिन्छ ।  

सिंगो देश होलीको रंगमा रम्दै गर्दा केही दिन देखि सामाजिक सञ्जालमा लगानीकर्ताहरुमा भने बाफियाको चर्चा बढेको देखिन्छ । गत साता अर्थमन्त्रीले बाफिया अर्थात बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन संसदमा पेस गरे पछि यस विषयमा सेयर बजारमा रामै बहस चलेको छ । सामाजिक सञ्जालमा अधिकांश लगानीकर्ताहरुले व्यवसायि र बैंकर छुट्टाउने यो एैनको समर्थन नै गरेको देखिन्छ ।  

केही लगानीकर्ताहरु भने बाफिया हाल संसदमा पेस भएता पनि पास हुन समय लाग्ने र यसलाई उचालेर अहिले बजार घटाउने फण्डा मात्रै भएको तर्क गरेका छन् । सामाजिक सञ्जालमा नै एक लगानीकर्ताले बाफिया हुबहु पास हुन नहुने तर्क राखे । उनी भन्छन्,‘यसले खासगरि सर्वसाधारण सेयर होल्डरहरुलाई भन्दा पनि संस्थापक सेयर होल्डरहरुलाई प्रभाव पार्न सक्छ । अहिले पनि संस्थापक सेयर बेच्नै नसक्ने अवस्था छ । संस्थापक सेयर एक सय रुपैयाँमा त बिक्री हुँदैन ।  अब यो बाफिया लागू भयो भने त झनै असर गर्छ । ’

New Office
CG Motors
Garima Development Bank

क्लबहाउमा बोल्दै एक लगानीकर्ताले ठट्यौलि पारामा भने,‘लौन मलाई त ‘ह्यापी होली’ भनेर हैरानै पारे बजार घटेर स्टप लस गर्दा गर्दै हैरान भएको मान्छे म कसरी ह्याप्पी हुने ?’ उनलाई समर्थन गर्दा अर्को एक लगानीकर्ताले भने,‘सबैको अवस्था यस्तै छ । होली त मनाउनै पर्यो नि !  

सामाजिक सञ्जालमा भेट्रान लगानीकर्ता भनेर चिनिने अम्बिका प्रसाद पौडेलले फेसबुकमा पोष्ट गरेका छन्,‘अबको २ वर्षमा कम्तीमा २०० प्रतिशत प्रतिफल प्राप्त हुने ५ वटा कम्पनी भन्नु त ? उनलाई उत्तर दिदैं पुस्कर निरौला लेख्छन ‘अम्बिका दाई सबैले आफ्ना आफ्ना स्क्रिप्ट लेख्छन । थाहा भए र भन्न मिल्ने भए तपाई नै सुझाउनुस न । नत्र ललिपप नेखाउनुस । पाप लाग्छ ।’

यस्तै सेयर बजारका काईलो मामा लेख्छन ‘ नीति–निर्माता र राजनीतिक खिचातानिले थलिएको बजारमा २ सय प्रतिशत नाफा खोज्नु भनेको चाहि महा मुर्खता हो । अहिलेका लगानीकर्ता न फण्डामेन्टल हेर्छन, न त अरु कुनै । जता पनि आगो झोस्न खोज्ने, बले ताप्ने नत्र पानी खनाएर हिड्ने जमात रहुन्जेल २०० प्रतिशत सम्झने पानी छम्कने नै हो भान्जा ।’  

पौडेललाई नै जवाफ दिदैं लगानीकर्ता महेश रिजालले घोराही,आइसीएफसी फाइनान्स, एनआइसी एशिया बैंक, शाइन रेसुंगा बैंक तथा चिलिमे जलविद्युत कम्पनीमा लगानी गर्न सुझाव दिएका छन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.