बुधबार, बैशाख २,२०८३ 03:29:19
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 03:29:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

काजारिया टायल्सले फेसबुक लाइभमार्फत बम्पर उपहार विजेता घोषणा

Bizshala
काजारिया टायल्सले फेसबुक लाइभमार्फत बम्पर उपहार विजेता घोषणा
Shivam Cement

काठमाण्डौ । नेपालको विश्वसनीय र प्रिमियम टायल्स ब्रान्डमध्ये एक, काजारिया टायल्सले आफ्ना उपभोक्तामाझ सञ्चालन गरेको रोमाञ्चक अफर “काजारिया संगै गृह प्रवेश, घुमौं देश विदेश” सफलतापूर्वक सम्पन्न गर्दै बम्पर उपहार विजेताको घोषणा फेसबुक लाइभमार्फत गरेको छ।

गत दुई महिनासम्म सञ्चालन गरिएको यो उपभोक्ता योजना अन्तर्गत काजारिया टायल्सका ग्राहकहरूले विभिन्न आकर्षक उपहार जित्ने अवसर पाएका थिए। कम्तीमा १००० वर्गफुट काजारिया टायल्स खरिद गर्ने ग्राहकहरू दैनिक लक्की ड्रमा सहभागी हुने योग्य थिए, जसअन्तर्गत कुल ४८ जना विजेताहरूले boAt ब्रान्डका स्मार्टवाच प्राप्त गरे।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कार्यक्रमको मुख्य आकर्षण भनेको बम्पर उपहार थियो- सिङ्गापुर क्रूज ट्रिप, जसको सम्पूर्ण खर्च काजारिया टायल्सले व्यहोर्नेछ।

फेसबुक लाइभमार्फत गरिएको घोषणामा सयौँ उत्साहित सहभागीहरू अनलाइनजडान भएका थिए। कार्यक्रममा जोशिला एमसीले सञ्चालन गरेका थिए भने काजारिया रमेश टायल्स लिमिटेडका निर्देशक तथा सीओओ श्री हिमांशु अग्रवाल र ब्रान्ड एम्बेसडर, चर्चित अभिनेत्री दिव्या रायमाझीको विशेष उपस्थिती रहेको थियो।

लाइभ कार्यक्रममा बोल्दै श्री अग्रवालले भने, “हामीप्रति ग्राहकहरूले देखाउनुभएको माया र विश्वासका लागि हृदयदेखि धन्यवाद। यही विश्वासले हामीलाई अझ उत्कृष्ट गुणस्तर र डिजाइनका टायल्स उत्पादन गर्न प्रेरित गर्छ। यो खुसीको क्षण हामी हाम्रा सम्पूर्ण ग्राहकहरूसँग साझा गर्न पाउँदा अत्यन्त गर्व महसुस गर्छौं।”

CG Motors
Garima Development Bank
IME remit

त्यस्तै, ब्रान्ड एम्बेसडर दिव्या रायमाझीले भनिन्,“यस्तो प्रतिष्ठित र प्रिमियम ब्रान्डको भाग हुन पाउँदा म निकै गर्व महसुस गर्छु। साथै, भाग्यशाली विजेतालाई बधाई- उहाँहरूको यो सिङ्गापुर क्रूज यात्रा अविस्मरणीय हुनेछ भन्ने विश्वास छ।”

लाइभ कार्यक्रमको अन्त्यमा ग्रान्ड ड्रमार्फत सिङ्गापुर क्रूज ट्रिपका भाग्यशाली विजेताको घोषणा गरिएको थियो। विजेताको नाम घोषणा भएपछि देशभरका काजारिया ग्राहक र पार्टनरहरूमा खुसी र उत्सवको माहोल देखियो।

काजारिया टायल्सले विजेतालाई हार्दिक बधाई दिंदै सबै सहभागीहरूलाई धन्यवाद ज्ञापन गरेको छ र आगामी दिनमा पनि नवीन डिजाइन, उच्च गुणस्तर, र आकर्षक अफरमार्फत नेपाली उपभोक्ताहरूलाई सधैं खुशी दिने प्रतिबद्धता दोहोर्याएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.