काठमाण्डौ । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको नाफा १६२.५३ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ९२ लाख ७४हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ३५ लाख ३२ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको बिक्री आम्दानी पनि ५९.८५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले बिक्रीबाट ४२ करोड ४९ लाख रुपैयाँ आर्जन गरेको छ । यस्तै कम्पनीले ४ लाख ५३ हजार अन्य आम्दानी गरेको छ ।
यो अवधिमा कम्पनीको वित्त खर्च घटेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म २ करोड १५ लाख रहेको कम्पनीको वित्त खर्च घटेर १ करोड ८७ लाखमा सीमित बनेको छ ।
कम्पनीको सञ्चालन मुनाफा १२.६९ प्रतिशत।ले बढेर २ करोड ८२ लाख पुगेको छ ।
१ अर्ब ३० करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको कम्पनीको रिजर्भमा १६ करोड ७७ लाख सञ्चित छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ०.५४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११२.८४ रुपैयाँ र आरओआई ०.०१ प्रतिशत रहेको छ ।

