शुक्रबार, चैत्र २०,२०८२ 06:57:38
Bizshala
  • शुक्रबार, चैत्र २०,२०८२ 06:57:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

निफ्राद्वारा साधारण सभा आह्वान, समेटिएन लाभांशको प्रस्ताव

Bizshala
निफ्राद्वारा साधारण सभा आह्वान, समेटिएन लाभांशको प्रस्ताव
Shivam Cement

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले साधारण सभा डाकेको छ । बैंकको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले सातौं साधारण सभा डाकेको हो ।  

उक्त सभा यही मंसिर २३ गते काठमाण्डौको बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्डमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

सभाले पारित गर्ने प्रस्तावमा गत आवका लागि प्रस्तावित ६.३१५८ प्रतिशत नगद लाभांश(कर समेत) प्रदान गर्ने निर्णय भने समेटिएको छैन । गत भदौ १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको थियो ।  

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयबाट स्वीकृत भएपछि आगामी साधारण सभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने भनिएको थियो । 

सभामा गत आवको सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने र सो आर्थिक वर्षको वित्तीय विवरणहरु समेत पारित गरिनुका साथै सर्वसाधारण समूहका २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala
NEWS

हवाई भाडा बढ्यो

9 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.