काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले लाभांशसँग सम्बन्धित प्रस्ताव भुलवश छुटेको जनाएको छ । बैंकले सातौं वार्षिक साधारण सभाको प्रकाशित सूचनामा भुलवश लाभांशसँग सम्बन्धित प्रस्ताव छुटेको जनाएको हो ।
बैंकले प्रकाशित सूचनाको सामान्य प्रस्ताव अन्तर्गतको बुँदा नं.४ भुलवस छुटेकाले उक्त बुँदा समेत समावेश गरी मंसिर ३ गते पुनः सूचना प्रकाशन हुने जनाएको छ । बैंकको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले सातौं साधारण सभा डाकेको छ ।
उक्त सभा यही मंसिर २३ गते काठमाण्डौको बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्डमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।
सभाले गत आवका लागि प्रस्तावित ६.३१५८ प्रतिशत नगद लाभांश(कर समेत)को प्रस्ताव पारित गर्नेछ ।
यस्तै गत आवको सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने र सो आर्थिक वर्षको वित्तीय विवरणहरु समेत पारित गरिनुका साथै सर्वसाधारण समूहका २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

