शुक्रबार, श्रावण १,२०८३ 11:07:33
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 11:07:33
Bizshala
Global IME Bank Limited

एआईलाई आँखा चिम्लिएर विश्वास गर्न नहुने अल्फाबेटका सीईओ सुन्दर पिचाईको चेतावनी

एआईलाई आँखा चिम्लिएर विश्वास गर्न नहुने अल्फाबेटका सीईओ सुन्दर पिचाईको चेतावनी
New Office

काठमाण्डौ । गुगलको मूल कम्पनी अल्फाबेटका सीईओ सुन्दर पिचाईले आर्टिफिसियल इन्टेलिजेन्स(एआई)लाई ‘आँखा चिम्लिएर’ विश्वास गर्न नहुने बताएका छन् । बीबीसीसँगको एक विशेष अन्तर्वार्तामा, सुन्दर पिचाईले एआई मोडेलहरू गल्ती गर्ने प्रवृत्तिका हुने भएकाले मानिसहरूले तिनीहरूलाई अन्य उपकरणहरूसँग संयोजनमा प्रयोग गर्नुपर्ने बताए ।  

पिचाईले भने, ‘यसले सूचनाको इकोसिस्टम विविध र धनी हुनुको आवश्यकता देखाउँछ, जसले गर्दा मानिसहरू एआई प्रविधिमा मात्र निर्भर नहोस्।’

सुन्दर पिचाईले एआईमा भईरहेको लगानीको बारेमा समेत चेतावनी दिए।

सिलिकन भ्याली र अन्य ठाउँमा बबल बनिरहेको आशंका भईरहेको बेला उनको यस्तो अभिव्यक्ति आएको हो । हालैका महिनाहरूमा एआई टेक कम्पनीहरूको मूल्य द्रुत रूपमा बढेको छ र धेरै कम्पनीहरूले यस उदीयमान उद्योगमा ठूलो लगानी गरिरहेका छन्।

उनले एआई बबलको असर सबै टेक कम्पनीहरुमा पर्न सक्ने समेत दाबी गरे । 

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.