बुधबार, श्रावण २०,२०८३ 09:25:01
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 09:25:01
Bizshala
Global IME Bank Limited

चीनले लगातार दुई महिना गरेन अमेरिकाबाट भटमास आयात, ब्राजिलबाट भने २९% ले बढ्यो

चीनले लगातार दुई महिना गरेन अमेरिकाबाट भटमास आयात, ब्राजिलबाट भने २९% ले बढ्यो
New Office

काठमाण्डौ । अमेरिकासँगको व्यापारिक तनावका बीच चीनले अमेरिकाबाट भटमासको आयात लगातार दुई महिना शुन्यमा झारेको छ । दक्षिण अमेरिकाबाट चीनको कुल भटमास आयात रेकर्डस्तरमा पुगेपनि अमेरिकाबाट भने सेप्टेम्बर र अक्टोबर महिनामा शुन्य आयात भएको हो ।  

चीनको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको अक्टोबरमा अमेरिकाबाट ५ लाख ४१ हजार ४३४ मेट्रिक टन भटमास आयात भएकोमा अक्टोबरमा शुन्यमा झरेको छ । चीनले वर्षको सुरुवातमा अमेरिकी भटमासमाथि लगाएको ट्यारिफ र अमेरिकी उत्पादनमा आएको ह्रास यसको मुख्य कारण हो ।  

चीन विश्वको सबैभन्दा ठूलो भटमास आयातकर्ता हो ।  

तर गत अक्टोबरमा दक्षिण अमेरिकी देश ब्राजिलबाट भने भटमासको आयात २८.८ प्रतिशत।ले वृद्धि भएको छ । चीनले ब्राजिलबाट अक्टोबर महिनामा ७१ लाख २० हजार मेट्रिक टन भटमास आयात गरेको छ । जुन चीनले अक्टोबर महिनामा आयात गरेको कुल भटमासको ७५.१ प्रतिशत हिस्सा हुन आउछ ।  

यस्तै अर्जेन्टिना पनि १५.४ प्रतिशतले आयात बढेको छ । अर्जेन्टिनाबाट चीनले १० लाख ५७ हजार मेट्रिक टन भटमास आयात गरेको छ ।

अक्टोबर महिनामा चीनले कुल ९४ लाख ८० हजार मेट्रिकटन भटमास आयात गरेको तथ्यांकले देखाउछ ।  

चीनले जनवरीदेखि अक्टोबरसम्म ब्राजिलबाट ७ करोड ८ लाख १० हजार मेट्रिक टन भटमास आयात गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ४.५ प्रतिशतले बढी हो । यस्तै उक्त अवधिमा अर्जेन्टिनाबाट ४४ लाख ६० हजार मेट्रिक टन भटमास आयात गरेको छ । जुन गत वर्षको तुलनामा २३.९ प्रतिशतले बढी हो । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.