काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा सोल्टी होटल र साहस उर्जा कम्पनीको सेयरमूल्य समायोजन भएको हो । यी दुवै कम्पनीले गत आवका लागि आफ्ना सेयरधनीहरुका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।
समायोजनपश्चात सोल्टी होटलको सेयरमूल्य प्रतिकित्ता ४७४.८७ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५४६ रुपैयाँ कायम थियो । कम्पनीले गत आवका १५ प्रतिशत बोनस सेयर र १६.५७८९४७३७ प्रतिशत नगद लाभांश गरी कुल ३१.५७८९४७३७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
यस्तै साहस उर्जाले प्रस्ताव गरेको २१ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन हुँदै सेयरमूल्य प्रतिकित्ता ५५५.३७ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६७२ रुपैयाँ कायम थियो ।
आइतबारको कारोबारमा नयाँ समायोजित मूल्यका आधारमा दुवै कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् ।

