आईतवार, फाल्गुन १०,२०८२ 03:06:30
Bizshala
  • आईतवार, फाल्गुन १०,२०८२ 03:06:30
Bizshala
Global IME Bank Limited

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओ नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबार खुल्ने

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओ नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबार खुल्ने
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओ सूचीकृत भएको छ । आज नेप्से र कम्पनीबीच प्रतिसेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको कुल १ करोड ६३ लाख १२ हजार ५ सय कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो ।

कम्पनीले सर्वसाधारणसमक्ष नबिल इन्भेष्टमेन्ट बैंकिङ (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत गत असोज २६ गतेदेखि २९ गतेसम्म आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको थियो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यसरी सर्वसाधारण लगानीकर्तामा वितरण गरिएको ३२ लाख ६२ हजार ५ सय कित्ता र संस्थापक सेयरधनीहरुमा वितरण गरिएको १ करोड ३० लाख ५० हजार कित्ता गरी जम्मा १ करोड ६३ लाख १२ हजार ५ सय कित्ता साधारण सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम मंसिर ३ गतेको निर्णयानुसार नेप्सेमा सूचीकरण गरिएको हो ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको आईपीओ आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

नेप्सेले कम्पनीको सेयर दोस्रो बजार कारोबारका लागि कम्पनीलाई ‘एसएआइएल’संकेत प्रदान गरेको छ । नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता १००.५९ रुपैयाँ र ३०१.७७ रुपैयाँ ओपनिङ रेञ्ज दिएको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.