बुधबार, असार १०,२०८३ 12:04:12
Bizshala
  • बुधबार, असार १०,२०८३ 12:04:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

डोनाल्ड ट्रम्पले ट्यारिफ हटाएसँगै विश्वबजारमा कफिको मूल्य घट्यो

Laxmi Sunrise Bank Limited
डोनाल्ड ट्रम्पले ट्यारिफ हटाएसँगै विश्वबजारमा कफिको मूल्य घट्यो

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कफि र कोकोआ लगायतका ब्राजिलका कृषिजन्य वस्तुमाथिको ४० प्रतिशत ट्यारिफ हटाएसँगै विश्वबजारमा कफिको मूल्य घटेको छ ।  

गत सेप्टेम्बर महिनामा अमेरिकी रिटल कफिको मूल्य ४० प्रतिशतसम्म बढेको थियो । विश्वको सबैभन्दा ठूलो कफि उत्पादक ब्राजिलले अमेरिकामा करिब एक तिहाई कफि आपूर्ति गर्ने गर्छ । अमेरिका विश्वकै सर्वाधिक कफि खपतकर्ता देश हो ।

New Office
CG Motors
Garima Development Bank

अमेरिकाले ट्यारिफ हटाएसँगै आईसीई एक्सचेञ्जमा अरेबिया कफि फ्युचर्स ४.६ प्रतिशतले घट्दै प्रति पाउण्ड ३.५९२५ डलर कायम भएको छ । अरेबिया कफि फ्युचर्स विश्वभरको कफिको मूल्य निर्धारण हुने बेन्चमार्क हो । यसअघि यो बेन्चमार्क ६ प्रतिशतले घट्दै दुई महिनाकै न्यूनसम्म पुगेको थियो ।

रोस्ट र बिलेन्ड गर्नु नपर्ने रोबोस्टा कफिको मूल्य ५ प्रतिशतले घटेर प्रतिटन ४ हजार ४ सय डलरमा सीमित बनेको छ ।    

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.