काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । राष्ट्र बैंकले संस्थालाई गत आवका लागि लाभांश प्रदान गर्न मंसिर ५ गते स्वीकृती प्रदान गरेको हो ।
संस्थाको गत कात्तिक २८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आव २०८१र८२ सम्मको वितरणयोग्य मुनाफाबाट ९.५ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १० प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
राष्ट्र बैंकबाट स्वीकृत भएसँगै अब यो लाभांश संस्थाको आगामी साधारण सभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

