आईतवार, असार २१,२०८३ 05:10:49
Bizshala
  • आईतवार, असार २१,२०८३ 05:10:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

युरोपमा नयाँ कारको बिक्री करिब ५% ले बढ्यो

Laxmi Sunrise Bank Limited
युरोपमा नयाँ कारको बिक्री करिब ५% ले बढ्यो

काठमाण्डौ । युरोपमा नयाँ कारको बिक्री बढेको छ । युरोपियन अटोमोबाइल म्यानुफ्याक्चर्सका अनुसार अक्टोबर महिनामा युरोपमा नयाँ कारको बिक्री ४.९ प्रतिशतले बढेको छ ।

उक्त अवधिमा ईभी कारको बिक्रीले पेट्रोल र डिजेल कारको बिक्रीलाई उछिनेको छ ।

यो वर्ष युरोपेली कार बजार विभिन्न कारणले प्रभिावत बनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ नीति, चिनियाँ बजारमा छाएको सुस्तता र ईभी सवारीमा अपेक्षा गरेभन्दा कम दरमा भएको रुपान्तरणका कारण युरोपको बजार प्रभावित रह्यो ।

New Office
CG Motors
Garima Development Bank

यस्तै हालै नेदरल्याण्डको चिप निर्माता कम्पनी नेक्सपेरियाको आपूर्ति श्रृंखलामाथि मडारिएको कालो बादलका कारण समेत आगोमा घ्यु थप्ने काम गर्यो । यद्यपी चिनियाँ ईभी कारको आयात भने बढेको छ ।

अक्टोबर महिनामा युरोपियन युनियन, बेलायत र युरोपियन फ्रि ट्रेड एशोसियसनका क्षेत्रभित्र १० लाख ९२ हजार युनिट कार बिक्री भएको छ । ठूला बजार जर्मनी र बेलायतमा गत वर्षको तुलनामा बढी कार थपिएका छन् ।

यद्यपी यो अवधिमा ठूला बजारमा पेट्रोल र डिजेल कारको बिक्रीमा भने कमी आएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.