आईतवार, असार १४,२०८३ 02:13:03
Bizshala
  • आईतवार, असार १४,२०८३ 02:13:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्सेमा यी दुई कम्पनीको सेयरमूल्य समायोजन

Laxmi Sunrise Bank Limited
नेप्सेमा यी दुई कम्पनीको सेयरमूल्य समायोजन

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा सुपर मादी हाईड्रोपावर र माउन्टेन इनर्जीको सेयरमूल्य समायोजन भएको हो । यी दुवै कम्पनीले गत आवका लागि आफ्ना सेयरधनीहरुका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।

समायोजनपश्चात सुपर मादी हाईड्रोको सेयरमूल्य प्रतिकित्ता ७२२.८६ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७५९ रुपैयाँ कायम थियो । कम्पनीले गत आवका लागि ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

New Office
CG Motors
Garima Development Bank

यस्तै माउन्टेन इनर्जीले प्रस्ताव गरेको २० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन हुँदै सेयरमूल्य प्रतिकित्ता ५५७.५० रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६६९ रुपैयाँ कायम थियो ।

आजको कारोबारमा नयाँ समायोजित मूल्यका आधारमा दुवै कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.