काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि यही मंसिर १९ गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।
यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् । मंसिर १८ गते उधौली पर्वको सार्वजनिक बिदा परेकाले उक्त दिन सेयरबजार बन्द रहनेछ ।
कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई १५.७८९५ प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने निर्णय गरेको छ । उक्त लाभांश आगामी मंसिर २९ गते काठमाण्डौको बौद्धमा रहेको बौद्ध हेरिटेजमा आयोजना हुने २१ औं साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।