काठमाण्डौ । अमेरिकामा एकै महिनामा करिब ३२ हजारले जागिर गुमाएका छन् । अमेरिकाको म्याजेनमेन्ट सर्भिस कम्पनी एडीपीले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार नोभेम्बर महिनामा करिब ३२ हजारले जागरि गुमाएका हुन् ।
यो संख्या विगत साढे २ वर्ष पछिकै उच्च हो ।
कमजोर अर्थतन्त्रका कारण साना व्यवसाय प्रभावित बन्दा काम गुमाउनेको संख्या बढेको जनाइएको छ । यद्यपी यो संख्या आधिकारिक सरकारी तथ्यांकसँग भने तुलनामा गरिएको छैन । अक्टोबर महिनामा भने रोजगारी पाउनेको संख्या ४७ हजारले बढेको थियो ।
एडीपीको डेटाले वर्षको अन्त्यतिर श्रमबजारममा दबाब परेको संकेत गरेको र आगामी वर्षको सुरुवातमा पनि जोखिम कायम रहने संकेत गरेको अर्थशास्त्रीहरुले बताएका छन् ।

