काठमाण्डौ । चिरख्वा हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयरको लक इन अवधि आगामी वैशाख १५ गते समाप्त हुने भएको छ ।
कम्पनीले एक सूचना जारी गर्दै सामूहिक लगानी कोषका लागि छुट्टाइएको ४० हजार कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको जनाएको हो । कम्पनीले सार्वजनिक निष्कासन मार्फत निष्कासन गरिएको साधारण सेयर गत कात्तिक १६ गते बाँडफाँड गरेको थियो ।
उक्त सेयरको लक इन अवधिको समाप्तबारे नेपाल धितोपत्र बोर्डले गत मंसिर २५ गते निर्देशन दिएको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।