काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । संस्थाले गत आवका लागि घोषणा गरेको बोनस सेयरका लागि भएको समायोजनपश्चात संस्थाको सेयरमूल्य प्रतिकित्ता १ हजार ९०.४१ रुपैयाँ कायम भएको छ ।
समायोजन हुनुअघि संस्थाको सेयरमूल्य प्रतिकित्ता रु १ हजार १९४ थियो । आजदेखि नयाँ समायोजित मूल्यका आधारमा संस्थाको सेयर कारोबार हुनेछ ।
संस्थाले गत आवका लागि सेयरधनीहरुलाई ९.५ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश संस्थाको आगामी पुस ४ गते आयोजना हुन लागेको नवौं वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

