बिहीबार, बैशाख ३१,२०८३ 04:57:51
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 04:57:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

झापा इनर्जीले पुसमा साधारण सभा आयोजना गर्ने, यस्ता छन् प्रस्ताव

Laxmi Sunrise Bank Limited
झापा इनर्जीले पुसमा साधारण सभा आयोजना गर्ने, यस्ता छन् प्रस्ताव
Shivam Cement

काठमाण्डौ । झापा इनर्जी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । मंसिर २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सातौं वार्षिक साधारण सभा डाकेको हो ।

बैठकले उक्त सभा आगामी पुस १८ गते झापाको बिर्तामोडमा रहेको इन्द्रेणी ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु गर्ने निर्णय गरेको हो ।

Bizshala
New Office
CG Motors

सभामा सञ्चालक समितिका सदस्यहरुको तलब तथा बैठक भत्ता छलफल गरी पारित गर्ने र संगठनात्मक ढाँचाका प्रमुख सल्लाहकार रहने गरी संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सञ्चालक समितिको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनमाथि  छलफल गरी पारित गर्ने , लेखापरीक्षकद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत सोसंग सम्वन्धित अनुसुचीहरुमाथि छलफल गरि पारित गर्ने र आर्थिक वर्ष २०८२/८३ को लागी लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ ।  

Garima Development Bank
Shivam Cement
IME remit

सभामा सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।    

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.