शनिबार, श्रावण २,२०८३ 09:18:04
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 09:18:04
Bizshala
Global IME Bank Limited

एनआईएमबी एस क्यापिटलद्वारा रितु प्रधान मल्ललाई एनआईबीएल इक्विटी पार्टनर्सको सह–प्रमुख नियुक्त

एनआईएमबी एस क्यापिटलद्वारा रितु प्रधान मल्ललाई एनआईबीएल इक्विटी पार्टनर्सको सह–प्रमुख नियुक्त
New Office

काठमाण्डौ । एनआईबीएल एस क्यापिटल लिमिटेडद्वारा व्यवस्थापित र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको एङ्कर लगानी रहेको एनआईबीएल इक्विटी पार्टनर्सले रितु प्रधान मल्ललाई संस्थाको सह–प्रमुखमा नियुक्त गरेको छ।

नेपालको विकसित हुँदै गएको पूँजी बजारमा मल्लसँग रहेको लगानी रणनीति, क्लाइमेट फाइनान्स, निजी इक्विटी तथा दिगो वित्तीय क्षेत्रसम्बन्धी अनुभव संस्थाको दीर्घकालीन रणनीतिक लक्ष्यका लागि महत्वपूर्ण हुने संस्थाले जनाएको छ।

नयाँ भूमिकामा, मल्लले निजी इक्विटी, लगानी व्यवस्थापन र दिगो वित्तीय रणनीतिहरूमा संस्थाको नेतृत्व सुदृढ गर्ने जिम्मेवारी पाउनेछिन। उनी ईएसजी–सम्बद्ध लगानी संरचना विस्तार, ड्यु–डिलिजेन्स प्रक्रियाको मजबूती, पोर्टफोलियो निगरानी तथा नेपालको आर्थिक रूपान्तरणलाई समर्थन गर्ने दिगो वित्तीय साधनहरूको विकासमा केन्द्रित हुनेछिन्।

एनआईबीएल एस क्यापिटलका प्रमुख कार्यकारी अधिकारी, शिवन्थ बहादुर पाण्डेले भने, ‘रितु मल्लको निजी इक्विटी, दिगोपन तथा उद्यम विकाससम्बन्धी अनुभवले हाम्रो नेतृत्व टोली अझ सक्षम बन्थ्यो। उनीसँगको सहकार्य हाम्रो दीर्घकालीन लगानी दृष्टिकोण र नेपालका वित्तीय बजारमा मूल्य–सृजन गर्ने प्रतिबद्धतासँग मेल खान्छ।’

नियुक्तिपछि, रितु प्रधान मल्लले भनिन्, ‘नेपालको पूँजी बजार तीव्र गतिमा परिवर्तन भइरहेको समयमा एनआईबीएल इक्विटी पार्टनर्समा शामिल हुन पाउँदा सम्मानित महसुस गरिरहेकी छु। दिगो प्रभावसहितको वृद्धिको ठूलो सम्भावना छ। संस्थाको महत्वाकांक्षी दृष्टिकोणलाई सघाउन म उत्सुक छु।’

मल्लसँग १४ वर्षभन्दा बढी निजी इक्विटी, क्लाइमेट फाइनान्स, उद्यम विकास र दिगो प्रभावका क्षेत्रको अनुभव छ। उनले यसअघि बिजनेश अक्सिजन(बीओटु)मा नेतृत्व भूमिकामा रहेर वृद्धि–अवस्थाका कम्पनीहरूको लगानी रणनीति तथा उद्यम विकास कार्यक्रमहरू सञ्चालन गरेकी थिइन्।

उनी हाल घामपावरकी स्वतन्त्र निर्देशक तथा इम्प्याक्ट हब काठमाण्डौकी उपदेशक मण्डल सदस्यसमेत छिन्। साथै, उनले क्रस काउन्ड्री एडभाईजरीको नेपाल प्रमुखको रूपमा, तथा ग्क्ब्क्ष्म् त्चबमभ बलम ऋयmउभतष्तष्खभलभकक ब्अतष्खष्तथ ९म्भयिष्ततभ द्वारा कार्यान्वयनमा निवेश तथा व्यवसाय विकास सेवाका निर्देशकको रूपमा काम गरिसकेकी छिन्।

ईएसजी समावेशीकरणको बलियो पक्षधरका रूपमा चिनिने मल्लले आईएससीद्वारा निर्धारित अन्तर्राष्ट्रिय मापदण्डअनुसार लगानी प्रक्रियालाई दिगो रूपले संयोजन गर्ने कार्यमा पहिचान स्थापित गरेकी छिन्।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.