काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ९७ हजार ९८० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले उक्त सेयर आजदेखि बिक्रीमा राखेको हो ।
सेयर खरिदका लागि जो कोही व्यक्ति,कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य २८० रुपैयाँ निर्धारण गरिएको छ ।
इच्छुक लगानीकर्ताले काठमाण्डौको ज्ञानेश्वरमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी आवेदन पेस गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनु पर्नेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।