बुधबार, श्रावण ६,२०८३ 10:38:42
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 10:38:42
Bizshala
Global IME Bank Limited

कृषि तथा पशुपन्छी बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

कृषि तथा पशुपन्छी बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
New Office

काठमाण्डौ । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा बिहिबार सिरहामा कृषि तथा पशुपन्छी बीमासम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बीमाको महत्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया, बीमाको दायरा विस्तारमा बीमा सचेतनाको महत्व र मधेश प्रदेशमा कृषि तथा पशुपन्छी बीमाको विद्यमान अवस्था लगायतका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा सहभागीहरूले वास्तविक कृषकलाई बीमाका बारेमा जानकारी नै नभएको, बीमा गर्ने प्रक्रिया झन्झटयुक्त रहेको, बीमा दाबी भुक्तानीमा समस्या देखिएको, कृषि बीमा अभिकर्तामा समस्या रहेको, कृषकसम्म बीमा कम्पनीहरू नपुगेको र स्थानीय तहले बीमालाई सहयोग पुग्ने गरी कार्यक्रम तथा बजेट ल्याउनु आवश्यक रहेको लगायतका धारणा राखेका थिए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख आर्या रावलले बीमाको परिचय र महत्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया र कृषि तथा पशुन्छी बीमाको दायरा विस्तारमा सरोकारवालाहरूको भूमिका लगायतका विषयमा प्रस्तुती दिएकी थिइन् ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक कुन्दन सापकोटा, कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र कुमार महासेठ, कृषक, बीऊविजन तथा कृषि व्यवसायी, निर्जीवन बीमा कम्पनीका शाखा कार्यालयका प्रमुख, बीमा सर्भेयर र कृषि बीमा अभिकर्ता लगायतको सहभागिता रहेको थियो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.