काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । राष्ट्र बैंकको वित्तीय सुपरिवेक्षण विभागले संस्थालाई गत आवका लागि लाभांश प्रदान गर्न मंसिर २६ गते स्वीकृती प्रदान गरेको हो ।
संस्थाको गत मंसिर ९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आव २०८१÷८२ सम्मको वितरणयोग्य मुनाफाबाट ६.४० प्रतिशत नगद लाभांश(कर समेत) प्रदान गर्ने घोषणा गरेको थियो ।
राष्ट्र बैंकबाट स्वीकृत भएसँगै अब यो लाभांश संस्थाको आगामी ३१ औं साधारण सभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

