मंगलवार, श्रावण ५,२०८३ 03:23:51
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 03:23:51
Bizshala
Global IME Bank Limited

बैंक कर्मचारीमाथि आक्रमणको घटनाप्रति बैंक तथा वित्तीय संस्थाका सीईओहरुको निन्दा, दोषीमाथि कडा कारबाहीको माग

बैंक कर्मचारीमाथि आक्रमणको घटनाप्रति बैंक तथा वित्तीय संस्थाका सीईओहरुको निन्दा, दोषीमाथि कडा कारबाहीको माग
New Office

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूको संगठनले ज्योति विकास बैंक लिमिटेडका कर्मचारीहरूमाथि भएको आपराधिक आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी र माइक्रोफाइनान्स कम्पनीका सीईओहरूको संयुक्त संगठनले जारी गरेको विज्ञप्तिमा यस घटनालाई घोर निन्दा गर्दै अपराधीहरूलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरिएको छ।

विज्ञप्तिका अनुसार, ज्योति विकास बैंकको रुपनी शाखाका ऋणी सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रा.लि.का सञ्चालकहरूले कर्जाको किस्ता नियमित गर्ने सम्बन्धमा छलफल गर्न बोलाएर बैंकका क्षेत्रीय कार्यालय बर्दिबासका कर्मचारीहरूलाई मिति २०८२ असोज २४ गते नियन्त्रणमा लिई दुव्र्यवहार र आक्रमण गरेका थिए। यो घटनालाई संगठनले नियोजित र अमानवीय व्यवहारको रूपमा वर्णन गर्दै बैंकिङ क्षेत्रमा बढ्दो अराजक गतिविधिप्रति चिन्ता व्यक्त गरेको छ।

"नियामक निकायबाट जारी गरिएका नीति तथा निर्देशन र विभिन्न ऐन–कानूनको पालना गर्दै निक्षेप संकलन, कर्जा प्रवाह, वित्तीय सेवा प्रदान लगायत विभिन्न कार्यहरू सञ्चालन गरी आम जनता तथा देशको समग्र प्रगतिका लागि आत्मसाथ गर्दै आएका बैंक तथा वित्तीय संस्थाहरू पछिल्लो समय विभिन्न अराजक गतिविधिको निशानामा परिरहेका छन्," विज्ञप्तिमा उल्लेख छ। संगठनले कर्जा असुली बैंकको मुख्य जिम्मेवारी भएको र निक्षेपकर्ताको बचत सुरक्षा सुनिश्चित गर्नु प्रमुख उद्देश्य रहेको स्मरण गराउँदै यस्ता घटनाले बैंकिङ सेवा प्रयोगकर्तालाई निरुत्साहित गर्ने र संस्थाहरूलाई चुनौती दिने बताएको छ।

संगठनले असुली प्रक्रियामा असहमति भए कानुनी बाटो अपनाउन सकिने हुँदा कानुन आफ्नै हातमा लिने कार्यको भत्र्सना गरेको छ। "बैंकले आम निक्षेपकर्ताको रकमबाट प्रवाह गरेको ऋण असुलीको लागि ऋणीसँग संवादका लागि जाँदा सुनियोजित रूपमा कर्मचारीहरूको ज्यानै लिने मनसायले गरिएको यस्तो आपराधिक कार्यको हामी घोर भत्र्सना गर्दछौं," विज्ञप्तिमा भनिएको छ।

घटना घटेकै दिन सम्बन्धित निकायलाई जानकारी गराइए पनि तत्काल सम्बोधन नभएको र जाहेरी दर्ता नहुनु खेदजनक भएको उल्लेख गर्दै संगठनले स्थानीय प्रहरी प्रशासनको कमजोरीप्रति ध्यानाकर्षण गराएको छ। यसैगरी, भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा निकायबाट स्वतः अनुसन्धान अगाडि बढाउन र अपराधीहरूलाई तत्काल कारबाही गर्न जोडदार माग गरिएको छ।

अन्त्यमा, संगठनले बैंक तथा वित्तीय संस्थाप्रति भइरहेका अराजक गतिविधिहरूलाई निरुत्साहित गर्दै सजग र जिम्मेवार रहन सम्पूर्ण जनमानसमा हार्दिक अनुरोध गरेको छ। यो विज्ञप्तिले बैंकिङ क्षेत्रको सुरक्षा र कर्मचारीहरूको मनोबल उच्च राख्न आवश्यक कदम चाल्न सरकारी निकायहरूलाई दबाब दिने अपेक्षा गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.