शुक्रबार, माघ १६,२०८२ 06:54:22
Bizshala
  • शुक्रबार, माघ १६,२०८२ 06:54:22
Bizshala
Global IME Bank Limited
Bizshala

स्वावलम्बन लघुवित्तको कमलविनायक शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

स्वावलम्बन लघुवित्तको कमलविनायक शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Shivam Cement

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको कमलविनायक शाखा कार्यालयको आयोजनामा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । वित्तीय संस्थामा आबद्ध सदस्य, अभिभावक तथा स्थानीय सरोकारवालाहरुलाई वित्तीय कारोबार, बचत तथा उद्यमशीलताका विषयमा जानकारी दिने उद्देश्यले मंसिर २९ गते उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

केन्द्र नं ४३ की केन्द्र प्रमुख चम्पा आलेमगरको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा स्वावलम्बन लघुवित्तका सञ्चालक समितिका सदस्य रबिन कुमार श्रेष्ठ तथा प्राडा कुशुम शाक्यको विशिष्ट आतिथ्यता रहेको थियो । त्यसैगरी, अतिथिहरूमा भक्तपुर नगरपालिका वडा नं. १० का वडा सदस्य कृष्ण नारायण डुमरु र श्री हंसवाहिनी आधारभूत विद्यालयका प्रधानाध्यापक सुर्य नारायण फोजुको उपस्थिति रहेको थियो । कार्यक्रमको अवसर पारेर शाखा कार्यालय कमलविनायक अन्तर्गतका उत्कृष्ट केन्द्रहरुलाई पुरस्कृत गर्नुका साथै बीमा सुविधा पनि प्रदान गरिएको थियो ।

Bizshala
Garima Development Bank
New Office

कार्यक्रमको औपचारिक सुरुवात गर्दै शाखा कार्यालय कमलविनायकका कार्यालय प्रमुख सुनिता काफ्लेले उपस्थित सम्पूर्णलाई स्वागत गर्दै कार्यक्रमको महत्वबारे जानकारी गराउनुभयो । इलाका कार्यालय ठिमीका इलाका प्रबन्धक राजेन्द्र थापाले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै वित्तीय साक्षरताले सदस्यहरूको आर्थिक जीवनमा ल्याउने सकारात्मक परिवर्तनबारे चर्चा गरे ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले व्यापारिक उद्देश्य मात्र नराखी सामाजिक कार्यमा समेत योगदान गर्दै आएको प्रति हंसवाहिनी आधारभुत विद्यालयका प्रधानाध्यापकले धन्यबाद व्यक्त गरे । सञ्चालक प्रा.डा.शाक्यले नगद विहीन अर्थिक कारोवार वृद्धि हुदै गएकोले सो को सदुपयोग र सुरक्षित कारोवार तर्फ ध्यान दिनुपर्नेमा जोड दिनुका साथै महिला सहभागिताको प्रशंसा गरे । सञ्चालक रबिन कुमार श्रेष्ठले उद्यमशीलता विकास आजको आवश्यकता भएको र सो को लागि स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले सहकार्य गर्ने बताए ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

कार्यक्रममा संस्थाको केन्द्रीय कार्यालय, कमलपोखरी काठमाडौंका प्रबन्धक सुमन श्रेष्ठले स्वावलम्बन लघुवित्तको परिचय, यसले प्रदान गर्ने सेवा सुविधाहरू र हालको अवस्थाबारे जानकारी गराए । 

साथै, उनले वित्तीय साक्षरता कक्षा सञ्चालन गर्दै बचत, ऋणको सही सदुपयोग, पारिवारिक बजेट निर्माण र वित्तीय अनुशासनका विषयमा सहभागीहरूलाई प्रशिक्षण दिए । कार्यक्रमको सञ्चालन कमलविनायक शाखाका विवेक कुवरले गरेका थिए ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.